अवैध हतियारको मामिलामा बाइडेनका छोरा दोषी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन अवैध तरिकाले बन्दुक किनेको मामिलामा दोषी पाइएका छन् । फारममा झुटो जानकारी भरेर कोल्ट कोबरा बन्दुक किनेको अनि बन्दुक साथमा राखेको बेलामा उनले लागू औषध सेवन गरिरहेको मामिलामा अदालतले हन्टरलाई दोषी ठहर गरेको हो ।
अमेरिकामा बन्दुक किन्ने समयमा एउटा फारम भर्नु पर्छ । सो फारममा क्रेता कुनै खाले नशाको कुलतमा फसेको छ कि भनेर प्रश्न सोधिन्छ । हन्टरले यो प्रश्नको जवाफ गलत दिएका थिए । सन् २०१८ मा बन्दुक किन्ने समयमा हन्टर लागू औषध दुर्व्यसनी रहेको प्रमाणित भएको छ । सत्तासीन राष्ट्रपतिको छोरामाथि मुद्दा चलेको अनि दोषी ठहर भएको यो अमेरिकाको इतिहासमै पहिलो पटक हो ।
छोरा अवैध हतियार मुद्दामा दोषी ठहर भएपछि बाइडेनले पिताको रुपमा आफ्नो भूमिकामाथि जोड दिएका छन् । ‘मैले गएको हप्ता नै भनेको थिए कि म राष्ट्रपतिको साथमा पिता पनि हुँ । जिल र म दुबै छोरालाई माया गर्छौ । ’ बाइडेनले भनेका थिए । छोरा लागू औषधको दुव्यर्सनसँग लडेर कुलतबाट बाहिर आएको र छोराको त्यो हिम्मतप्रति आफूलाई गर्व रहेको उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?
-
पहलगाम हमला : अनुत्तरित छन् यी ३ प्रश्न
-
तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर