टेन हाग नै युनाइटेडको म्यानेजर कायम रहने
बुधबार, ३० जेठ २०८१, ०९ : ३९

ओल्ड ट्राफोर्ड । एरिक टेन हाग नै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको म्यानेजर कायम रहने भएका छन् । क्लबको बोर्डले गरेको सिजनको मूल्याङ्कनपछि टेन हागलाई निरन्तरता दिने निर्णय गरेको हो ।
एफए कपको फाइनलपछि नै क्लबले उनको मूल्याङ्कन सुरु गरेको थियो । वेम्बलेमा भएको म्यानचेस्टर सिटीविरुद्धको फाइनल खेलपछि जे नतिजा आएपनि टेन हाग बर्खास्तीमा पर्ने आङ्कलन गरिएको थियो ।
तर, खेलमा युनाइटेड २–१ गोलले विजयी भएपछि बोर्ड उनीप्रति सकारात्मक बनेको बताइएको छ । अब क्लबले ५४ वर्षीय डच म्यानेजरसँगको करार सम्झौता नवीकरणका लागि छलफल सुरु गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला