युक्रेन युद्धमा रुसी सेनामा भर्ती दुई भारतीयको मृत्यु

नयाँ दिल्ली । युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामी (परराष्ट्र मन्त्रालय) मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । मस्कोस्थित हाम्रो दूतावासले शवलाई सकेसम्म चाँडो स्वदेश फिर्ता गर्न रुसी रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई दबाब दिइरहेको छ ।’
‘परराष्ट्र मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकको चाँडो रिहाइ र स्वदेश फिर्तीको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन भारतले माग गरेको बताइएको छ ।
यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपिल गरेको छ । यस वर्षको मार्चमा, केही एजेन्टहरूले धेरै भारतीयहरूलाई जागिरको बहानामा रुसी सेनामा भर्ती गरेको खुलासा भएको थियो । यी मानिसहरूलाई युक्रेनसँग जारी युद्धमा रुसी सैनिकको रूपमा जबरजस्ती लड्न पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
-
वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?