बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

वर्षाका कारण नेपाल र श्रीलंकाबिचको खेलमा ढिलाइ

बुधबार, ३० जेठ २०८१, ०४ : ५२
बुधबार, ३० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।

वर्षाका कारण टससमेत हुन सकेको छैन । नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन ।

GP0-CcNWkAA4KWc

यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।  

जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । जारी विश्वकपमा नेपाल र श्रीलंका समूह ‘डी’ मा रहेको छ । 

त्यो समूहमा टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेश पनि छन् । त्यो समूहमा हालसम्म पाँच खेल खेलिसकिएको छ । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । 

यसैगरी तेस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि दुई विकेटको जित हासिल गरेको थियो । चौथो खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको थियो । समूहको पाँचौँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई चार रनले हराएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप