बिना अनुमति सञ्चालित पाँच विद्यालय शिलबन्दी
मङ्गलबार, २९ जेठ २०८१, २१ : ५४

वीरगञ्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ ।
शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।
शिलबन्दी भएका विद्यालयहरुमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका-२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै