रातोपाटी टी-२० विश्वकप विशेष
जोनसनको अर्धशतकमा पाकिस्तानसामु १ सय ७ रनको लक्ष्य
मङ्गलबार, २९ जेठ २०८१, २१ : ५१

न्युयोर्क । एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले पाकिस्तानसामु जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको समूह ए अन्तरगतको खेलमा क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
लो स्कोरिङ खेलहरु भइरहेको यस मैदानमा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे ।
कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।
पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।
दुवै टोलीको यो तेस्रो खेल हो । पाकिस्तान हालसम्म जितविहीन रहेको छ । टोलीलाई आज जित्नै पर्ने दबाब छ । क्यानडाले भने २ खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ