हत्या मामिलामा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ
![हत्या मामिलामा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ](https://npcdn.ratopati.com/media/news/darshan-pavitra_paOLbeRvIZ.jpg)
बैंगलुरु । कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हत्या गरिएका व्यक्तिले अभिनेताका एक अभिनेत्री साथीलाई अपमानजनक सन्देश पठाएको आरोप छ।
४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा धेरै ठूला बक्स अफिस हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन्। दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बैंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो।
चित्रदुर्ग जिल्लाका ३३ वर्षीय रेणुका स्वामीको शव बैंगलुरुको नालीमा फेला परेको थियो । उनको जुन ८ मा हत्या भएको र जुन ९ गते शव फेला परेको अनुमान गरिएको छ । यस हत्याकाण्डमा दर्शन, उनकी अभिनेत्री साथी पवित्रा गौडासहित १० जनाको नाम छ ।
रेणुका स्वामीले अभिनेत्री पवित्रालाई अश्लिल म्यासेज पठाएकी थिइन् । अभिनेत्री दर्शनको नजिकको साथी मानिन्छिन् । बैंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले बीबीसी हिन्दीलाई भने, ‘पक्राउ परेकाहरूमा दर्शन र पवित्रा गौडा पनि छन्।‘
दर्शनका हिट फिल्महरूमा अनाथरु, क्रान्तिवीर संगोली रायन्ना र कटेरा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा