मधेस सरकारको नीति कार्यक्रम : ‘हात हातमा सवारी, घर घरमा रोजगारी’ (पूर्णपाठ)
जनकपुर । मधेस सरकारले अगामी आर्थिक वर्षमा ‘हात हातमा सवारी घर घरमा रोजगारी’ भन्ने मूल नाराका साथ रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
मंगलबार प्रदेशसभामा सरकारका तर्फबाट प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम ल्याउने घोषणा गरिएको हो ।
नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका लागि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने योजना समेटिएको छ । साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि कार्यक्रममा उल्लेख छ ।
यस्तै सरकारले नीति तथा कार्यक्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ ।
नीति तथा कार्यक्रममा कृषि बालीमा चक्लाबन्दी व्यवस्था लागु गर्ने र कृषिलाई यान्त्रिकीकरण गर्ने एवं कृषि समूहलाई प्रोत्साहन गर्ने नीति लिने पनि कार्यक्रममा समावेश छ ।
२२५ बुँदे नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, खानेपानी, मल, सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा चौलानी लगाउनु हुन्छ, यस्ता छन् नोक्सानी
-
लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ जारी गर्ने
-
अमिताभकी नातिनी फेरि पुगिन् अदालत
-
बेलायती राजकुमार पनि आइपुगे नेपाल, तस्बिरहरू
-
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता
-
प्रहरीका उच्च अधिकारीको नाम र दर्जा दुरुपयोग गरेर ठगी गर्नेहरू फन्दामा