मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेस सरकारको नीति कार्यक्रम : ‘हात हातमा सवारी, घर घरमा रोजगारी’ (पूर्णपाठ)

मङ्गलबार, २९ जेठ २०८१, २० : ५३
मङ्गलबार, २९ जेठ २०८१

जनकपुर । मधेस सरकारले अगामी आर्थिक वर्षमा ‘हात हातमा सवारी घर घरमा रोजगारी’ भन्ने मूल नाराका साथ रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

मंगलबार प्रदेशसभामा सरकारका तर्फबाट प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम ल्याउने घोषणा गरिएको हो ।

नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका लागि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने योजना समेटिएको छ । साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि कार्यक्रममा उल्लेख छ । 

यस्तै सरकारले नीति तथा कार्यक्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ । 

नीति तथा कार्यक्रममा कृषि बालीमा चक्लाबन्दी व्यवस्था लागु गर्ने र कृषिलाई यान्त्रिकीकरण गर्ने एवं कृषि समूहलाई प्रोत्साहन गर्ने नीति लिने पनि कार्यक्रममा समावेश छ । 

२२५ बुँदे नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, खानेपानी, मल, सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप