प्रदेश
जसपा नेपालले बहिष्कार गर्यो मधेस सरकारको नीति तथा कार्यक्रम
मङ्गलबार, २९ जेठ २०८१, १९ : २९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम बहिष्कार गरेको छ । मंगलबार मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा भण्डारीले वाचन गरिरहेकी छिन् ।
जसपा नेपालले मधेस प्रदेश सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक बहिष्कार गरेको हो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपालले आफ्नो पार्टीको महाधिवेशन चलिरहेकाले २ दिन पछाडि नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेको थियो । तर सरकारले जसपा नेपालको प्रस्ताव अस्वीकार गरेपछि नीति तथा कार्यक्रम बहिष्कार गर्नु परेको सो पार्टीका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे