मधेस सरकारको नीति तथा कार्यक्रम वाचन सुरु
मङ्गलबार, २९ जेठ २०८१, १९ : १७
जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन सुरु भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले सरकारको नीति तथा कार्यक्रम वाचन सुरु गरेकी हुन् ।
प्रदेश सरकारले १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ । त्यही व्यवस्था अनुसार प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।