यू-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए । ‘विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू–१५ विद्यालय खेलकुद हुन लागेको छ । यसको सबै तयारी पूरा भएको छ । ब्याडमिन्टनको इभेन्टहरू भने आजैदेखि सुरु भइसकेको छ ।’ सदस्य–सचिव शर्माले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी हुनेछन् । प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुने छन् ।
प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स, बास्केटबल, रग्बी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।
पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरूमा खेल सङ्ख्यालाई बढाउँदै लैजाने शर्माले जानकार दिए ।
प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश एथलेटिक्स बाहेकका खेललाई पनि प्रवर्द्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए । ‘फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नु प¥यो । ओलम्पिकमा समावेश हुने गेमहरू, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले गण्डकी प्रदेशसँग समन्वय र छलफल गरेर नै ६ खेल राखेका हौँ ।’
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुलस्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गरे ।
एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालमा छात्र÷छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुने छन् । रग्बीमा र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन् ।
पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य–सचिव शर्माले जानकारी दिए । ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ ।
प्रतियोगिता सञ्चालन गर्न कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ । त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँकी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले बेहोर्ने सदस्य–सचिव शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाको चहलपहलदेखि शृङ्गारपटारसम्म
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन