सरकारले राजदूतहरू फिर्ता बोलाउने गलत निर्णय गर्यो : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदूतहरू हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् ।
प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए । सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाई थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।
प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको प्रतिक्रिया पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा