टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान
![टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान](https://npcdn.ratopati.com/media/news/dipendra-singh-airee_aDBAlQ1EYl.jpg)
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो चार स्थानमा रहेका ब्याट्सम्यान अहिले पनि विश्वकप टोलीमा छन् । दीपेन्द्रसिंह ऐरी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।
दीपेन्द्रले ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५७ पालीमा कुल एक हजार ६ सय २७ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र नौवटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय १० रन हो ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा कप्तान रोहित पौडेल दोस्रो स्थानमा छन् । उनले ५० खेलको ४८ पालीमा कुल एक हजार एक सय ४३ रन बनाएका छन् । यस क्रममा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ६१ रन हो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा तेस्रो नम्बरमा कुशल भुर्तेल छन् । उनले ४४ खेलको ४३ पालीमा कुल एक हजार ८८ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र आठवटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय चार रन हो ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा आसिफ शेख छन् । उनले ४५ पालीमा कुल एक हजार २७ रन बनाएका छन् । यस क्रममा उनले पाँच अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित ६४ रन हो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचिमा पाँचौँ स्थानमा ज्ञानेन्द्र मल्ल र छैटौँ स्थानमा पारस खड्का छन् । यी दुवै क्रिकेटरले सक्रिय खेल जीवनबाट यसअघि नै सन्न्यास लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु