आइफोनमा अब कल रेकर्डको सुविधा पनि

काठमाडौँ । एप्पलले आईओएस १८ लन्च गरेको छ । यो अहिले डेभलपर्सका लागि मात्रै उपलब्ध छ । तर यसका फिचरहरू सार्वजनिक भएका छन् ।
एप्पलले वल्र्डवाइड डेभलपर्स कन्फेन्स २०२४ मा आईओएस १८ लन्च गरेको हो । कम्पनीले पहिलो पटक एप्पलमा कृत्रिम बौद्धिकता सपोर्ट दिएको छ । कम्पनीले फोनमा कल रेकर्डिङ सुविधा पनि दिएको छ ।
कल रेकर्डिङ सुविधा उपलब्ध गराइएको आइफोनको इतिहासमा यो पहिलो पटक हो । अब आईफोन प्रयोगकर्ताहरूले एन्ड्रोइड फोनमा जस्तै कल रेकर्ड गर्न सक्नेछन् । आईफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठुलो सुविधा कल रेकर्ड हो । कल रेकर्डिङको विकल्प फोन कलिङको समय अन्त्य वा म्युट बटनको साथमा उपलब्ध हुनेछ । कल रेकर्डिङसँगै प्रयोगकर्ताका गोपनीयताको पनि ख्याल राखिने कम्पनीले बताएको छ ।
कल रेकर्डिङसँगै लाइभ ट्रान्सक्राइबको फिचर पनि पाइनेछ । आईओएस १८ को साथमा कल रेकर्डिङ सुविधा छिट्टै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, सिंगापुर, मेक्सिको, स्पेन, फ्रान्स, जर्मनी, जापान, चीन र ब्राजिलमा उपलब्ध हुने बताइएको छ । कल रेकर्ड भइरहँदा कुरा गरिरहेको अर्को व्यक्तिले कल रेकर्ड भइरहेको छ भन्ने सूचना प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा झिनो गिरावट, कारोबार १० अर्ब १० करोड
-
कुलमानलाई शून्य अंक किन ? यस्तो छ मन्त्री खड्काको स्पष्टीकरण
-
फाइनलअघि म्याट हेनरीको चोटले न्युजिल्यान्डलाई चिन्ता
-
आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
-
‘बोक्सी’का नाममा हुँदै आएको अत्याचार अझै रोकिएन
-
बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमद्वारा एकदिवसीयबाट संन्यासको घोषणा