पाइलट पन्तको उडान निलम्बन फुकुवा
मङ्गलबार, २९ जेठ २०८१, १६ : २३

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ ।
पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।
उनले भने, “पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो ।” नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०-२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु
-
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना