सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि
मङ्गलबार, २९ जेठ २०८१, १६ : ००
![सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि](https://npcdn.ratopati.com/media/news/nnn_4RV7Ss2yH2.jpg)
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महँगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरूको तलबभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
सरकारले बजेट ल्याउन शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको संगठनका महासचिव हंसबहादुर शाहीले बताए । उनले विद्यार्थीको अनुपातलाई हेरेर शिक्षकहरूको दरबन्दीको व्यवस्था गर्ने कार्यक्रम समेत बजेटले नल्याएकोमा आपत्ति जनाए ।
संगठनले शिक्षामा कम्तीमा २० प्रतिशत बजेट व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो । तर आगामी आर्थिक वर्षको विनियोजित बजेटमा १० दशमलव ९४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाइएकोमा आफूहरूको आपत्ति रहेको संगठनका महासचिव शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा