राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित
मङ्गलबार, २९ जेठ २०८१, १५ : ५३

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित गरेको छ । मंगलबार बसेको बैठकले पारित गरेको यो विधेयक गत फागुन ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।
विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापहरूको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बेला कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबार सम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन भन्दै सरकारले यो विधेयक दर्ता गरेको थियो ।
राष्ट्रिय सभाबाट पारित भएको यो विधेयक अव प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । विषयगत समितिमा छलफल गरेर प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ ।
राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउसो १ः १५ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्