कार्यक्रमस्थलमा बेहोस भएर ढले लेखा अधिकृत, उपचारका क्रममा मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन् ।
मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए ।
त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए । स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए । पर्वतको कुस्मा जन्मघर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर भएका ५२ वर्षीय केसी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।
डाक्टरहरूका अनुसार उनको अक्सिजनको लेभलमा सुधार नहुँदा मृत्यु भयो । उनको शव अस्पतालको शव गृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला