प्रदेश आवश्यक हो कि होइन एकपटक सोचौँ : सांसद मिश्र
मङ्गलबार, २९ जेठ २०८१, १५ : १९

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले प्रदेश आवश्यक हो वा होइन भन्नेबारेमा सोच्ने बेला भएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सांसद मिश्रले लोकतान्त्रिक सङ्घीय गणतन्त्र ल्याएको तर बजेटको अधिकतम हिस्सा त्यसैको पालन पोषणमा लगाएर देश विकासलाई पछाडि धकेलेको बताए । उनले एक पटक सर्वदलीय सरकारको गठन गरेर संविधान संशोधन गर्न आवश्यक रहेको बताए । मिसन ०८४ भनेको उमेर पुगेका मान्छेलाई रिटायर गर्ने कुरा जस्तो लागेको उनले बताए ।
सांसद मिश्रले ठुला नेताहरूको क्षेत्रमा बजेट विनियोजन भएको भन्दै आपत्ति जनाए । उनले नेपाल वायुसेवा निगम पब्लिक प्राइभेटमा लैजान जरुरी रहेको बताए ।