सर्वाधिक रन बनाउने खेलाडीलाई एभरग्रिन नेपालले नगद पुरस्कार दिने

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडीलाई नगद पुरस्कार दिने घोषणा एभरग्रिन नेपालले गरेको छ । एभरग्रिन नेपालले जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने एकजना नेपाली खेलाडीलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
जारी विश्वकपमा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल बुधबार विहान श्रीलंकासँग खेल्दैछ । आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
यसअघि वाफ महिला फुटबल च्याम्पियनसिपमा जोर्डनविरुद्ध पहिलो गोल गर्ने नेपाली खेलाडीलाई पनि एभरग्रिन नेपालले नगद पुरस्कार दिने घोषणा गरेको थियो । सोही अनुरूप त्यो खेलमा पहिलो गोल गर्ने नेपाली खेलाडी सविता रानामगरलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात
-
प्रधानमन्त्री ओली भगौडा दलाल वर्गको संरक्षक हुन् : प्रभु साह