एमाले काठमाडौँ नेतृत्वका लागि मतदान जारी

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
काठमाडौँको कार्की ब्याङ्केटमा केही समयअघिदेखि मतदान सुरु भएको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा मंगलबार साँझसम्म आउने बताइएको छ ।
एमाले काठमाडौँको अध्यक्ष पदमा दीपक निरौला र निर्मल देउवाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत तथा तारा भण्डारीको उम्मेदवारी परेको छ ।
अधिवेशनले ५ पदाधिकारीसहित दुई सय २५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ ।त्यस्तै ७ सदस्यीय लेखा समिति पनि अधिवेशनमार्फत चयन हुनेछ । ५ सय ८५ प्रतिनिधि सहभागी अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर