तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु, ९७ लाख ४८ हजार लागत
मङ्गलबार, २९ जेठ २०८१, १४ : ०८
दाङ । तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट रु ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिए ।
उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए । यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।
सो पुलको सोमबार दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा