बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल

मङ्गलबार, २९ जेठ २०८१, १४ : ०२
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अपm्ठ्यारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाई थियो । 

उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए ।  सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए । 

सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप