शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

मङ्गलबार, २९ जेठ २०८१, १३ : ४३
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न भएको छ । गत जुन ३ मा उद्घाटन गरिएको सम्मेलन जुन १० सम्म चलेको थियो । 

यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए । 

HE Rob Fenn, British Ambassador and Helen Silvester, Regional Director, South Asia, British Council  visiting the Our Hands Exhibition

कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो।   

नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । 

Helen Silvester, Regional Director, South Asia, British Council sharing her opening remarks at the Youth and Climate Symposium 2024

नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे । ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गरिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप