फुटेर होइन जुटेर फुटबलको विकासमा लाग्न आग्रह

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेको छ । मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो ।
श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोर्याउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए ।
उनले भने, ‘ललित दाइको जति पनि मैले सङ्गत गरे उहाँको खराब पक्ष भनेको एउटा मात्र देखेँ–उहाँ सबैको पक्षमा बोल्नुहुन्थ्यो । एकतामा नै विकास हुन्छ भन्ने हिसाबले उहाँले काम गर्नुहुन्थ्यो ।’
यसको साथै, उनले एन्फाका नेतृत्वहरू र सरोकारवालाहरू सबैलाई नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढे मात्र ललितकृष्णप्रतिको श्रद्धा हुने बताए ।
उनले भने, ‘एन्फा हाँकिसक्नु भएका नेतृत्वहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू साँच्चै नेपाली फुटबलको विकास चाहनुहुन्छ भने फुटबलको विकासका लागि सुझाव लिएर आउन अनुरोध गर्दछु । हामी स्वीकार गर्न तयार छौँ । सरोकारवालालाई पनि अनुरोध गर्छु नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ । यो नै ललित दाइप्रतिको श्रद्धा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति