बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

नेपालको बलिङ आक्रमणमा करनको काँध

मङ्गलबार, २९ जेठ २०८१

करन केसी नेपाली राष्ट्रिय टोलीका निकै अनुभवी खेलाडी हुन् । ३२ वर्षीय यी अलराउन्डर खेलाडीले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

करन देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । उनले हालसम्म ५१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३६ पाली खेल्दै १४.७१ को औसतले कुल चार सय १२ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ८४.२५ रहेको छ । उनको उच्च स्कोर ४२ रन हो । उनले ३३ चौका र २० वटा छक्का पनि प्रहार गरेका छन् । करनले एकदिवसीय अन्तर्राष्ट्रियमा सातवटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रियको ३८ पालीमा १६.०३ को औसतले कुल चार सय १७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १५१.६३ रहेको छ । उनको उच्च स्कोर भने ४५ रन हो । उनले २० चौका र ३४ छक्का पनि हिर्काएका छन् । उनले २१ वटा क्याच पनि लिएका छन् ।

यसका अतिरिक्त उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७४ विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो । उनले तीन पटक पाँच विकेट र पाँच पटक चार विकेट लिएका छन् ।

यसैगरी प्रभावशाली तीव्र गतिका बलर करनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ९० विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २१ रन खर्चिएर पाँच विकेट हो । उनले एक पटक पाँच विकेट र तीन पटक चार विकेट लिएका छन् ।

  • टी–२० अन्तर्राष्ट्रिय डेब्यू

करन केसीले सन २०१५ को जुन ३० तारिखमा पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । आम्सटलभिनमा खेलिएको नेदरल्यान्डविरुद्धको उक्त खेलमा उनले एक विकेट पनि लिएका थिए । उक्त खेलमा नेपाल १८ रनले पराजित भएको थियो । 

यसैगरी करनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा हङ्कङविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उक्त खेलमा उनले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । त्यो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो । 

  • प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०

 करन केसीले हालसम्म एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले २० रन बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनले एउटा छक्का र एउटा चौका हिर्काएका छन् भने एउटा क्याच पनि लिएका छन् । करन केसीले लिस्ट ‘ए’ क्रिकेटमा ६ विकेट पनि लिएका छन् ।

यसैगरी उनले हालसम्म ७६ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल पाँच सय ५७ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर अविजित ४२ रन हो । उनले एक सय चारवटा विकेट पनि लिएका छन् । 

यसैगरी करनले हालसम्म ७६ वटा टी–२० प्रतियोगिता पनि खेलिसकेका छन् । टी–२० प्रतियोगितामा उनले कुल चार सय ४९ रन बनाएका छन् । उनको उच्च स्कोर भने ४५ रन हो । टी–२० प्रतियोगितामा उनले ९५ विकेट पनि लिएका छन् । 

  • पछिल्लो प्रदर्शन

करन केसीले टी–२० विश्वकप यात्रामा होमिनुअघि वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा टी–२० शृङ्खला खेलेका थिए । उनले शृङ्खलाको तेस्रो खेलमा २८ रन बनाएका थिए । उनले एक विकेट पनि लिएका थिए । 

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपमा उनले साउदी अरेबियाविरुद्ध दुई विकेट लिएका थिए । उनले समूहगत चरणमा हङ्कङविरुद्ध पनि एक विकेट हात पारेका थिए । 

  • कीर्तिमान

करन केसी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा आठौँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा ३२औँ स्थानमा छन् । उनले सन् २०१९ को डिसेम्बर ६ तारिखमा कीर्तिपुरमा खेलिएको माल्दिभ्सविरुद्धको खेलमा अविजित ४० रन बनाएका थिए । 

यसैगरी करन केसी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचिमा ३३औँ स्थानमा छन् । उनको स्ट्राइक रेट १५१.६३ रहेको छ । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै पालीमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचिमा भने उनी २२औँ स्थानमा छन् ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी २१औँ स्थानमा रहेका छन् । उनले हालसम्म ९० विकेट लिएका छन् । एकै वर्ष सर्वाधिक विकेट लिने बलरको सूचिमा भने उनी २२औँ स्थानमा छन् । उनले एक वर्षमा २८ विकेट लिएका थिए ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एउटै स्टेडियममा सर्वाधिक विकेट लिने बलरको सूचिमा उनी १०औँ स्थानमा छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालसम्म ३४ विकेट लिइसकेका छन् । 

यसैगरी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एक पालीमा सबैभन्दा बढी चार विकेट लिने बलरको सूचिमा पनि उनी नवौँ स्थानमा आसीन छन् । उनले हालसम्म चारपटक चार विकेट लिएका छन् । यसका अतिरिक्त लगातार दुई खेलमा चार विकेट लिने बलरको सूचिमा उनी पहिलो स्थानमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया