सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैह्रे

मङ्गलबार, २९ जेठ २०८१, १२ : १७
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैह्रेले थन्किएर बसेका सरकारी यातायातका साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले देशभर बिगे्रर बसेका सवारी साधनहरुको तत्काल बिक्रीवितरण गरी त्यसबाट आउने रकमको सदुपयोग सम्बन्धि विशेष कार्यक्रम ल्याउन सरकारसँग रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । 

सांसद गैह्रेले वातावरणलाई प्रदुषित गर्ने ढंगले अर्वाैको सवारी साधनहरुलाई बेवारिसे अवस्थामा सरकारले राख्न नमिल्ने बताए । 
सांसद गैरेले सरकारी कार्यालयलाई विग्रेर सवारी साधनहरु थन्क्याउने ठाउँको रुपमा विकास गर्न नहुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप