चीन र पाकिस्तानसँगको सम्बन्धबारे एस जयशंकरले के भने ?

नयाँ दिल्ली । एस जयशंकरले दोस्रो पटक पनि भारतको विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन् । पदभार ग्रहणपछि उनले पाकिस्तान र चीनसँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । ‘कुनै पनि देशमा, विशेष गरी लोकतन्त्रमा कुनै पनि सरकार लगातार तीन पटक चुनिन्छ भने यसले दुनियाँलाई भारतमा राजनीतिक स्थिरता छ भन्ने सन्देश दिन्छ । भारतका जनताले आफ्ना प्रधानमन्त्रीलाई विश्वास गर्छन् ।’ जयशंकरले समाचार एजेन्सी एएनआईलाई भने ।
‘हामी विश्वसामु आफ्नो हितलाई पक्कै पनि अगाडि राख्नेछौँ ।’ उनले भनेका छन् । ‘चीन र पाकिस्तान फरक देश हुन्, सम्बन्ध पनि फरक छ, समस्या पनि फरक छ ।’ एस जयशंकरले भनेका छन् । चीनसँग सिमानामा केही समस्याहरू बाँकी रहेको र यसको समाधान गर्ने प्रयास गर्ने उनले बताए ।
पाकिस्तानसँग सीमापार आतङ्कवादको मुद्दा वर्षौँदेखि चलिरहेको भन्दै उनले यसलाई कसरी समाधान गर्न सकिन्छ त्यसबारे सोच्ने बताए । आइतबार जयशंकरले दोस्रो पटक क्याबिनेट मन्त्रीको रूपमा शपथ लिएका थिए । सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रिपरिषद्मा विभाग बाँडफाँड गरेका छन् । यस क्रममा उनले जय शंकरलाई पुनः विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा