सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सातवटा सामुदायिक विद्यालयले व्यवसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरका कर्मचारीले नै ताला लगाएका थिए भने बाँकी सञ्चालकले नै बन्द गरेका हुन् ।
विभागले ताला लगाएका विद्यालयमा जेपी स्कुल ठमेलका मात्रै ४६ वटा सटर रहेका छन् । जहाँ रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप सञ्चालन हुँदै आएको महानगरले उल्लेख गरेको छ । यस्तै, कन्या मन्दिर माविका ३६, रत्नराज्य मावि बानेश्वरका ११ वटा, जनकल्याण माविका १४, पशुपति मित्र माविका ३६, मंगलादेवी माविका १२ र महेन्द्र मावि बौद्धका २० सटरमा ताला लगाइएको हो ।
विभागसँग महानगर प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर आइतबार र सोमबार सटर तथा टहराहरूमा ताला लगाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा