शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कृत्रिम आँखा राखेपछि यस्तो देखिइन् मेनुका

मङ्गलबार, २९ जेठ २०८१, ११ : ५४
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् । 

कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनको भनाई छ ।  ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ’, मेनुकाले रातोपाटीसँग भनेकी थिइन्,‘दुबैमा राखेपछि कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसलाई हेरिरहेको जस्तो देखिएपनि आफूले भने देख्न नसक्ने उनले खुलाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप