प्रधानमन्त्रीलाई भारतले सम्मान नगरेको भन्दै ज्ञानेन्द्र शाहीले उठाए संसदमा प्रश्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्री प्रचण्डलाई भारतले उचित सम्मान नगरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कुनै प्रान्तको मुख्यमन्त्री जस्तो भएको र भारतीय प्रधानमन्त्री नेपाल आउदा भने बाटो बन्द गरेर तामझाम गरिने बताए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमण गर्नुहुन्छ, उहाँ व्यक्तिगत पुष्पकमल दाहालको रूपमा नगएर नेपालको सम्माननीय प्रधानमन्त्रीको हैसियतले भारत जानुहुन्छ, भारतले गर्ने सम्मान प्रधानमन्त्रीलाई गरेको सम्मान हो कि सिङ्गो नेपाललाई गरेको सम्मान हो ? त्यो सम्मान हेर्दा यस्तो लाग्छ कि कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेछन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेछन् । तर भारतमा त्यस्तो हुन्छ तर नेपालमा बाटो बन्द गरेर तामझामका साथ एयरपोर्टमा बाजागाजा हुन्छ ।’
यस्तै सांसद शाहीले गिरीबन्धु टि स्टेटको फाइल, मेलम्ची, वाइडबडी, फोरजी जस्ता ठुला घोटालाको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरे । उनले जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गर्न माग गर्दै नेपाल ठुलो हो कि जीवी राई ठुलो हो ? भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
-
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
-
चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ
-
दुई वर्षको काम ६ महिनाभित्र गर्छ : अध्यक्ष डिसी
-
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट
-
निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह