सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा सवारी दुर्घटना : चालकको मृत्यु, सहचालक काठमाडौँ रिफर

मङ्गलबार, २९ जेठ २०८१, १० : २६
मङ्गलबार, २९ जेठ २०८१

बुटवल । पूर्व पश्चिम  राजमार्ग अन्तर्गत  कपिलवस्तुको  बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा बस र पिक अप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप भ्यान आपसमा ठोक्किँदा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले  घाइते मध्ये बसका सहचालक ४६ वर्षका प्रकाशकुमार थापालाई बुटवलबाट थप उपचारको लागि काठमाडौँ रिफर गरिएको रातोपाटीलाई बताए । 

उनले कालिकोटका असीम शाहीको  बुटवलको चौराहा अस्पताल उपचार भइरहेको अन्य ६ जना पनि  डिस्चार्ज भएको खुलाए । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप