बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

दक्षिण अफ्रिकाको अपराजित यात्रा जारी

सोमबार, २८ जेठ २०८१, २३ : ५२
सोमबार, २८ जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । सोमबार समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले हराएको हो ।

नासाउ काउन्टी मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ मात्र बनाउन सक्यो ।

३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेशले भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ । टोली २ अङ्कसहित दोस्रो स्थानमा छ ।

382580

बंगलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ३७ रन बनाए । ३४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरे । 

अन्तिम ओभरमा आउट हुनअघि मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए ।

382576

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट हात पारे । कागिसो रबाडा र एनरिच नोर्टजेले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । 

382567

टोलीका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रनको योगदान दिए । ४४ बलको सामना गर्दै उनले २ चौका र ३ छक्का प्रहार गरे ।

डेभिड मिजरले ३८ बलमा २९ रन जोडे भने क्वीन्टन डी ककले ११ बलमा १८ रन बनाए । अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका लागि तान्जिम हसन साकिबले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए । तास्किन अहमदले २ तथा रिसाद होसेनले १ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप