छिमेक
मोदी सरकारको मन्त्रालय बाँडफाँड : कसले के पाए ?
सोमबार, २८ जेठ २०८१, २३ : १३
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भएको मन्त्रिपरिषद्को शपथ ग्रहणको एक दिनपछि नै मन्त्रीहरूको मन्त्रालय बाँडफाँड गरिएको छ । सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा कुनै परिवर्तन भएको छैन।
अमित शाहलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । राजनाथ सिंहले रक्षा मन्त्रालयको जिम्मेवारी नै जारी राख्नेछन्।
विदेश मन्त्री एस जयशंकर, वित्त मन्त्री निर्मला सीतारमण र सडक यातायात मन्त्री नितिन गडकरीको पोर्टफोलियो अघिल्लो क्याबिनेटमा जस्तै रहनेछ।
प्रधानमन्त्री मोदीको नयाँ मन्त्रिपरिषद्मा अघिल्लो सरकारका धेरै मन्त्रीहरू हिस्सा छैनन् । जसमध्ये प्रमुख नामहरू स्मृति इरानी, राजीव चन्द्रशेखर र अनुराग ठाकुर छन्।
क्याबिनेट मन्त्री
- राजनाथ सिंह: रक्षा
- अमित शाह: गृह र सहकारिता
- नितिन गडकरी: सडक यातायात र राजमार्ग
- जगत प्रकाश नड्डा: स्वास्थ्य, रसायन र उर्वरक
- शिवराज सिंह चौहान: कृषि र ग्रामीण विकास
- निर्मला सीतारमण: वित्त र कर्पोरेट मामिला
- एस जयशंकर: विदेश
- मनोहर लाल: आवास र शहरी मामिला र ऊर्जा
- एचडी कुमारस्वामी: भारी उद्योग र इस्पात
- पियुष गोयल: वाणिज्य र उद्योग
- धर्मेन्द्र प्रधान: शिक्षा
- जीतनराम मांझी: लघु, साना तथा मझौला उद्योग मन्त्रालय
- राजीव रञ्जन सिंह उर्फ ललन सिंह: पञ्चायती राज, मत्स्यपालन, पशुपालन र दुग्ध
- सर्वानन्द सोनोवाल: बन्दरगाह, ढुवानी र जलमार्ग
- डा. वीरेन्द्र कुमार: सामाजिक न्याय र अधिकारिता
- किंजरापु राममोहन नायडू: नागरिक उड्डयन
- प्रल्हाद जोशी: उपभोक्ता मामिला, खाद्य, जन वितरण, नवीन र नवीकरणीय ऊर्जा
- जुआल ओराओं: आदिवासी मामिला
- गिरिराज सिंह: कपडा
- अश्विनी वैष्णव: रेलवे, सूचना र प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि
- ज्योतिरादित्य सिंधिया: सञ्चार, उत्तर पूर्व विकास
- भूपेन्द्र यादव: वातावरण, वन र जलवायु परिवर्तन
- गजेन्द्र सिंह शेखावत: संस्कृति र पर्यटन
- अन्नपूर्ण देवी : महिला तथा बाल विकास
- किरेन रिजिजु: संसदीय कार्य र अल्पसंख्यक मामिला
- हरदीप सिंह पुरी: पेट्रोलियम र प्राकृतिक ग्यास
- मनसुख मण्डवीय: श्रम तथा रोजगार, युवा तथा खेलकुद मामिला
- जी किशन रेड्डी: कोइला र खनन
- सीआर पाटिल: जल शक्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निता ढुंगानाले निर्माण गरेको फिल्मले अहिलेसम्म कति कमायो ?
-
एमाले प्रदर्शनको तयारीसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरू)
-
पाकिस्तान : यात्रुवाहक सवारी साधनमा बन्दुकधारीको आक्रमण, ४० भन्दा धेरैको मृत्यु
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?