अभिनेत्री दिगांगनामाथि अक्षयकुमारको ६ करोड ठगेको आरोप
![अभिनेत्री दिगांगनामाथि अक्षयकुमारको ६ करोड ठगेको आरोप](https://npcdn.ratopati.com/media/news/capture_6Slwi6ygVh.png)
नयाँ दिल्ली । ७० की दशककी चर्चित अभिनेत्री जिनत अमान ७२ वर्षको उमेरमा अभिनयको दुनियाँमा पुनरागमन गर्दैछिन् । अमान वेब सिरिज ‘शो स्टपर’ बाट स्क्रिनमा फर्किन थालेकी छिन् । तर यो सिरिज रिलिज हुनु अघि नै विवादले घेरिएको छ ।
यो शो मा काम गरिरहेकी चर्चित टिभी अभिनेत्री दिगांगना सूर्यवंशीमाथि वेब सिरिजका निर्देशक मनिष हरिशंकरले ऊजुरी दायर गरेका छन् । उनीमाथि धोखा दिएको आरोप लगाइएको छ ।
मनिषले अभिनेत्री विरुद्ध आईपीसीको दफा ४२० र दफा ४०६ अन्तर्गत धोकाधडी र अपराधिक विश्वासघातको आरोप लगाएर प्रहरीमा ऊजुरी गरेका छन् । ऊजुरीका अनुसार अभिनेत्रीले अक्षयकुमार र उनको कम्पनी शोस्टपरको प्रेजेन्टर हुने झुठो दाबी गरेकी छिन् ।
अभिनेत्रीले अक्षयको नाममा ६ करोड भारु माग पनि गरेको बताइएको छ । एमएच फिल्म्सले अभिनेता राकेश बेदी र दिगांगनाका फेशन डिजाइनर कृष्ण परमारलाई पनि मानहानीको नोटिस पठाएको छ ।
यी दुईले पनि सञ्चार माध्यमसामु शोबारे गलत अभिव्यक्ति दिएको र यसका कारण प्रोजेक्टको प्रतिष्ठामा ठेस लागेको बताइएको छ । शो स्टपर ब्रा फिटिङको मुद्दामा आधारित छ । आफ्नो पूरै जीवनमा गलत साइजको ब्रा लगाएकै कारण विश्वभरका करब ८० प्रतिशत महिलाले गम्भीर स्वास्थ्य समस्या झेलिरहेका छन् ।
यो ईस्यूलाई शोमा लभ स्टोरीमार्फत देखाउन खोजिएको छ । शोमा जिनत अमान, किरण कुमार, जरिना वहाब, श्वेता तिवारी र सौरभराज जैन पनि मुख्य भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह
-
अन्तरराष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई
-
श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा
-
मधेसवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको छ : महासचिव पोखरेल
-
अठारौँ त्रिमूर्ति दिवसमा तीन जना पुरस्कृत