बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदी

सोमबार, २८ जेठ २०८१, २१ : ०४
सोमबार, २८ जेठ २०८१

सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ ।  केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् ।

काठमाडौँ उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका युवाका लागि त इन्द्रावती नदी आकर्षणको केन्द्र नै विन्दु बनेको छ ।

उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले इन्द्रावती नदी धेरैको रोजाइमा परेको काठमाडौँदेखि पौडी खेल्न आएका प्रवेश पौडेलले बताए ।
 
इन्द्रावती नदीको थप आकर्षण बढाउन स्थानीय तहले पूर्वाधारको क्षेत्रमा केही लगानी गरे अझै पर्यटनको सङ्ख्या बढ्ने र आन्तरिक आयस्रोत वृद्धिमा टेवा पुग्ने अर्का पर्यटक रञ्जन खड्काले बताए । मेलम्ची हुँदै हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत ठाउँ जाने अधिकांश यात्रुलाई इन्द्रावती नदीले लोभ्याउने गरेको छ ।

स्थानीय रामचन्द्र सापकोटा पनि नदीमा केही काम गर्न सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्छन् । “बगिरहेको खोलामा त यति धेरै मान्छे आउँछन्, अझै खोलामा डुङ्गा हाल्न सकेमा, खाजा तथा खानाका लागि अस्थायी भए पनि होटल राख्न सकेमा आन्तरिक स्रोतको  विकास हुने र स्थानीयले आम्दानी गर्न सकिन्थ्यो । यसतर्फ सबैको ध्यान जान जरुरी छ”, उनले भने ।

विसं २०७८ सालको बाढीले बिथोलिएको यस खोलामा तीन वर्षपछि पौडी खेल्ने अवस्था बनको हो । यसबाट धेरेले आनन्द लिइरहेको छन् । यसलाई पर्यटन र आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको स्थानीयको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप