बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीको आरोपमा एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

सोमबार, २८ जेठ २०८१, २० : ४५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । काठमाडौँको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार ट्राफिक प्रहरीले रसुवाको आमाछोदिङमो गाउँपालिका– ३ गतलाङ घर भई हाल काठमाडौँको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको हो । 

वास्तविक नम्बर परिवर्तन गरी बा८५प ६०६६  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  । 

ग२१प ५७७७ नम्बरको मोटरसाइकल काठमाडौँकै गंगबुबाट हराएको भनि रितिक थापाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।  

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप