बागमतीका १३ जिल्लामा १५ वातावरण निरीक्षक तोकिए
हेटौँडा । बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका लागि १५ जना वातावरण निरीक्षक तोकिएका छन् । सोमबार एक सूचना जारी गर्दै बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण निरीक्षक तोकिएको हो ।
मन्त्रालयले १३ जिल्लामा १५ डिभिजन वन कार्यालयमा वातावरण निरीक्षक तोकेको हो । मन्त्रालयका अनुसार तोकेका वातावरण निरीक्षक मध्ये मकवानपुर र सिन्धुलीमा २÷२ जना रहेका छन् भने अन्य जिल्लाहरूका १/१ जना रहेका छन् ।
डिभिजन वन कार्यालय मकवानपुरमा वसन्तराज गौतमलाई वातावरण निरीक्षक तोकिएको छ भने डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा गगन शर्मालाई वातावरण निरीक्षक तोकिएको छ । डिभिजन कार्यालय सिन्धुलीमा प्रतिज्ञा पौडेल, डिभजन वन कार्यालय मरिण सिन्धुलीमा सुरु गहतराज, डिभिजन वन कार्यालय ललितपुरमा सुमन घिमिरे, डिभिजन वन कार्यालय काभ्रेमा देवराज घिमिरे, डिभिजन वन कार्यालय भक्तपुरमा सरस्वती अर्याललाई वातावरण निरीक्षक तोकिएको छ ।
त्यस्तै डिभिजन वन कार्यालय काठमाडौँमा शंकर थापा, डिभिजन वन कार्यालय नुवाकोटमा कमल घिमिरे, डिभिजन वन कार्यालय रसुवामा प्रेमा थापा, डिभिजन वन कार्यालय धादिङमा रश्मी तचामो, डिभिजन वन कार्यालय चितवनमा सम्झना अधिकारी, डिभिजन वन कार्यालय रोमछापमा मिलन बुढा, डिभिजन वन कार्यालय दोलखामा आशिष पौडेल र डिभिजन वन कार्यालय सिन्धुपाल्चोकमा भक्त बहादुर श्रेष्ठलाई वातावरण निरीक्षक तोकिएको छ ।
तोकिएका वातावरण निरीक्षकहरुले वातावरणीय प्रदुषण कम गर्ने, नियन्त्रण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार काम गर्नेछन् ।
मन्त्रालयले प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार गर्नुपर्ने कामहरू प्रभावकारी रूपले गर्न गराउन मन्त्रालयले लोक सेवा आयोगबाट निर्धारित प्रक्रिया पूरा गरी वातावरण निरीक्षकहरू नियुक्त गर्न वा त्यस्तो निरीक्षकको काम गर्ने गरी कुनै कर्मचारीलाई तोक्न सक्ने व्यवस्था रहेको छ ।
वातावरण निरीक्षकले प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने, नियम विपरीत कुनै ठाउँबाट ध्वनि, ताप वा फोहर मैला निष्कासन गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने, प्रस्ताव कार्यान्वयन गर्ने स्वीकृति दिँदा तोकिएका सर्तहरू बमोजिम काम भए नभएको जाँचबुझ तथा निरीक्षण गर्ने, वातावरण संरक्षण ऐनको खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्दा देखिएका कुराहरूको प्रतिवेदन तोकिएको अधिकारी समक्ष पेस गर्ने काम गर्नुपर्ने हुन्छ ।
ऐनको उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्ने सिलसिलामा वातावरण निरीक्षकले सम्बन्धित प्रस्तावकलाई पूर्व सूचना दिई संरचना वा वस्तुहरूको निरीक्षण, परीक्षण वा जाँचबुझ गर्न सक्ने व्यवस्था रहेको छ । उपदफा (२) र (३) बमोजिम वातावरण निरीक्षकलाई काममा बाधा विरोध उत्पन्न गरेमा जरिवाना गर्न सक्ने अधिकार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजी ब्राण्डको विन्टर प्रोडक्ट्सहरु सार्वजनिक
-
उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट