सुनको सिक्री लुट्न अज्ञात समूहद्वारा युवकमाथि गोली प्रहार
जनकपुर । सुनको सिक्री लुट्न महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएका अज्ञात समूहले सुनको सिक्री लुट्न युवकमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
महोत्तरीको गौशाला ११ निवासी विनय महतोमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए । उनका अनुसार साँझ मरहा जाँदै गरेको अवस्थामा महतोमाथि गोली प्रहार भएको हो । ३० वर्षीय महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार गरिएको महोत्तरी प्रहरी प्रवक्ता जैसवालले जनाए ।
घाइते महतोलाई उपचारको लागि जनकपुर अस्पताल लगिएको महोत्तरी प्रहरी बताउँछ । तर उनको अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले महतोमाथि गोली प्रहार गरी सुनको सिक्री समेत लुटी लगेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट
-
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
-
पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे
-
बेलायती सभामुख र नेपाली राजदूतबीच शिष्टाचार भेटवार्ता
-
मोबाइल फुटाइदिएपछि छोरीले दिइन् यस्तो बयान, पिता ७ महिना जेलमा बसे