असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।
बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताए । उनले भने,'नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभइ सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !