सङ्घ, प्रदेश र स्थानीय तहको सरकारी खातामा कति छ नगद मौज्दात ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रहेको तीनै तहका सरकारको नगद मौज्दात बढेको छ । १० महिनाको तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्र बैंकले सरकारी खातामा मौज्दात रकम बढेको उल्लेख गरेको हो ।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ वैशाख मसान्तसम्म बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड रुपैयाँ मौज्दात छ । यो प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेतको कूल मौज्दात भएको बताइएको छ ।
२०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ थियो । तथ्यांकअनुसार समीक्षा अवधिमा तीनै तहको सबै खातामा २ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढीले नगद मौज्दात बढेको हो । यस्तै यो समीक्षा अवधिमा प्रदेश सरकारहरूको कूल खर्च ९८ अर्ब ३४ करोड र स्रोत परिचालन १ खर्ब ५० अर्ब ६७ करोड रुपैयाँ छ ।
प्रदेश सरकारहरूको कूल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजश्वसमेत गरी १ खर्ब १३ अर्ब १३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजश्व ३७ अर्ब ५४ करोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?
-
बंगलादेशमा हिन्दुवादी नेताको अपहरणपछि कुटेर हत्या, भ्यानमा राखेर घरमै पठाइदिए शव