बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

काठमाडौँ । रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ ।
यससँगै यस अवधिमा ९ अर्ब २ करोड डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ । यस्तै पुन श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स्वीकृति लिनेको सङ्ख्या ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी