गाजामा युद्धविरामको प्रयास तीव्र
सोमबार, २८ जेठ २०८१, १७ : १८

कायरो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्ट पुगेका छन् । गाजा युद्ध सुरु भएयता मध्यपूर्वमा उनको यो आठौं भ्रमण हो । यस तीन दिने भ्रमणमा ब्लिन्केनको पहिलो बिसौनी इजिप्ट हो । ब्लिन्केनको भ्रमणको उद्देश्य गाजामा युद्धविराम प्रयासहरूको लागि समर्थन जुटाउनु भएको बताइएको छ । भ्रमणका क्रममा उनले अरब जगतका नेताहरूलाई शान्ति सम्झौताको मस्यौदा स्वीकार गर्न हमासलाई दबाब दिन अपील गर्नेछन् ।
गत महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने घोषणा गरेका थिए । ब्लिन्केन सोमबार नै इजरायल पुग्ने छन् ।
यहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्ने छन् । अमेरिकीहरू बिन्यामिन नेतान्याहुसँग निराश रहेको ब्लिन्केनसँगै यात्रा गरिरहेका बीबीसीका एक संवाददाताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा