सकिब अल हसनको नाममा विश्वकपको सर्वाधिक विकेट
सोमबार, २८ जेठ २०८१, १७ : ००

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने बलर बङ्गलादेशका सकिब अल हसन हुन् । उनले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाएका सकिब अल हसनले हालसम्म विश्वकपमा ४७ विकेट लिइसकेका छन् ।
उनले टी–२० विश्वकपमा ३६ पाली खेल्दै यो कीर्तिमान बनाएका हुन् । टी–२० विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन भने केवल नौ रन खर्चिएर चार विकेट हो । सर्वाधिक विकेट लिने बलरको सूचिमा पाकिस्तानका साहिद अफ्रिदी दोस्रो स्थानमा छन् ।
आफ्नो समयका प्रभावशाली बलर अफ्रिदीले टी–२० विश्वकपमा ३९ विकेट लिएका छन् । पहिलो संस्करणदेखि टी–२० विश्वकप खेलेका साहिद अफ्रिदीले सन् २०१६ मा अन्तिम पटक विश्वकपमा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह