बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालयमा मन्त्रालयस्तरीय विषयगत समितिको बैठक

सोमबार, २८ जेठ २०८१, १६ : २४
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । शिक्षा मन्त्रालयमा मन्त्रालयस्तरीय विषयगत समितिको बैठक बसेको छ । सोमबार शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अघिल्ला बैठकको निर्णयको समीक्षा गर्दै विभिन्न निर्णय समेत गरेको छ ।

बैठकले प्रादेशिक तथा भौगोलिक प्रतिनिधित्व र सन्तुलन मिलाई एक पटकमा ७ जना स्थानीय तहका प्रमुखहरूलाई आमन्त्रित सदस्यका रूपमा विषयगत समिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ। आवश्यकता अनुसार समितिको बैठक हरेक ४ महिनामा बस्ने निर्णय समेत गरिएको छ । 

त्यस्तै मन्त्रालयमा संरचनागत दोहोरोपना हटाउन मन्त्रालयको  O&M मा समावेश गर्ने गरी सङ्गठन व्यवस्थापन सर्भे गर्ने र संरचनागत एकरूपता कायम गर्ने निर्णय भएको छ। सङ्घीय तहमा रहेका हस्तान्तरण गर्नुपर्ने संरचना, स्रोत साधनको विषयमा कानुन संशोधन, परिमार्जन, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माणका कार्य अगाडि बढाउने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतका कार्य एवं संरचना हस्तान्तरणको मोड्यालिटी तयार गर्ने निर्णय समेत बैठकले गरेको छ । 

बैठकले शैक्षिक संरचना तथा शिक्षण संस्थाहरूको नक्साङ्कन गरी कार्य सञ्चालनमा चुस्तता र प्रभावकारिता ल्याउने निर्णय पनि गरेको छ ।

बैठकमा तहगत सरकार तथा विभिन्न निकायले निर्माण गर्ने तथ्याङ्क संरचनालाई एकरूपता कायम गर्ने, तथ्याङ्कको प्राप्ति, विश्लेषण, अध्ययन–अनुसन्धान र उपयोगमा सबैको पहुँच स्थापना गर्ने), निर्माण तथा मर्मत सम्भार खर्च घटाउने लगायतका निर्णय समेत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप