माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने भएको छ । जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले समर्थन नगर्ने घोषणा गरेका हुन् ।
उनले सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार अनुदार भएको गुनासो गरे । ‘सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध छ,’ उनले भने, ‘हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ । संसदमा सबैले विपक्षमा मतदान गर्छौं । हाम्रा सबै सदस्यलाई लागू हुन्छ ।’ उनले नेपाल समाजवादी पार्टी (नेसपा) संसद्को घेराबाहिर भएपनि माओवादीबाट निर्वाचित भएकाले फडिन्द् देवकोटाले पनि विपक्षमा मत दिने सुनाए ।
उनले संविधानमाथिको अलमल सर्वोच्चले फुकाउन नसकेको गुनासो गरे । ‘संविधानमा अलमल रहेछ । एउटा गाँठो फुक्ला भन्ने लागेको थियो । सभामुखलाई निर्णायक मत दिन पाउने अधिकार छ । तर निर्णायक कहिले हुन्छ ?,’ उनले प्रश्न गरे, ‘गण्डकीमा बराबर कहिल्यै हुँदैन । सभामुखले हेर्दा सरकार र संसद् ढलिराखेको देखिने भो । सर्वोच्चले बाटो खोल्नुपर्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत
-
जनताले अस्वीकार गरेकाहरूले शासन चलाउने युगको अन्त्य गर्नुपर्छ : शङ्कर पोखरेल
-
अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा