जाउँ है जेफाले (तस्बिरहरू)
![जाउँ है जेफाले (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-jefale_CWqUkt4LbM.jpg)
विराटनगर । सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्छ पर्यटकीय जेफाले डाँडा । जेफाले डाँडाले अहिले पर्यटकीय पूर्वाधारको माग गरिरहेको छ । मोरङको केराबारी हुँदै जेफाले डाँडासम्म जाने बाटो बन्ने क्रममा छ ।
एक हजार ९७० मिटर उचाइमा रहेको जेफालेमा बाह्रैमास हावा चलिरहने, छिनछिनमै मौसम परिवर्तन हुने गर्दछ । यहाँबाट पूर्वको १६ जिल्ला देखिन्छ । यहाँबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन पनि गर्न सकिन्छ ।
जेफालेका स्थानीय भीम ठकुरीका अनुसार यहाँबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देख्न सकिन्छ । जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ । यो क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटनको सङ्गमस्थल बन्ने जानकारहरू बताउँछन् ।
जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफालेमा अहिले ११ वटा होमस्टे सञ्चालनमा रहेको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्का बताउँछन् ।
सञ्चार, शिक्षा, सडकलगायतका विकासको पूर्वाधारबाट पछि परेको जेफाले क्षेत्रमा होमस्टे सेवा सुरु भएपछि स्थानीयका लागि आम्दानीको स्रोत बढ्दै गएको छ । स्थानीय कृषि उद्यमी तथा व्यवसायी बिनादेवी राईको इलाम बिर्साउने चिया बगान पर्यटकलाई तान्ने अर्को आकर्षक गन्तव्य हो । चियाबारी करिब १ हजार रोपनी क्षेत्रफलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर
-
आज ३४ औँ अख्तियार स्थापना दिवस
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो