बिहे गर्दैछिन् सोनाक्षी सिन्हा ?
![बिहे गर्दैछिन् सोनाक्षी सिन्हा ?](https://npcdn.ratopati.com/media/news/sonakshi-sinha_sq2yiOFodc.jpg)
नयाँ दिल्ली । बलिउडमा यतिबेला बिहेको सिजन चलिरहेको छ । एक पछि अर्को गर्दै धमाधम जोडीहरू बिहे बन्धनमा बाँधिरहेका छन् ।
यस्तोमा सोनाक्षी सिन्हाले पनि छिट्टै बिहे गर्न लागेको हल्ला चलिरहेको छ । अभिनेत्रीले लामो समयदेखि जहीर इकबाललाई डेट गरिरहेकी छिन् । यसैबिच सोनाक्षी र इकबालले बिहे गर्न लागेको खबर बाहिर आएको छ ।
मिडिया रिपोर्टका अनुसार सोनाक्षी सिन्हाले यस वर्षको जुनमा इकबालसँग बिहे गर्दैछिन् । दुवैले आफ्नो सम्बन्धलाई अर्को मोडमा लैजान तयार छन् । अभिनेत्रीले इकबालसँग मुम्बईमा जुन २३ मा धुमधामको साथमा विवाह गर्न लागेका बताइएको छ ।
बिहेको खबरले नायिकाका अभिनेत्रीका फ्यानहरु खुसी छन् । तर, हुने वाला बेहुला र बेहुली दुवैले बिहेको खबर अहिलेसम्म पुष्टि गरेका छैनन् । दुवैको परिवारले पनि विवाहबारे कुनै जानकारी दिएका छैनन् । रिपोर्टका अनुसार दुवै परिवारको सहमतिमा सोनाक्षी र जहीरले बिहे गर्दैछन् ।
दुबैको वैवाहिक समारोह शिल्पा शेट्टीको रेस्टुरेन्ट बास्टियनमा हुने बताइएको छ । विवाहमा सोनाक्षीको परिवार र नजिकका साथीहरू सहभागी हुनेछन् । उनीहरूको विवाहको कार्ड पनि छापिइसकेको बताइएको छ । रिपोर्टका अनुसार विवाहको कार्ड पत्रिकाको कभर जस्तै छ । उनीहरूको बिहेमा को–को स्टारलाई बोलाइएको छ भन्ने पनि स्पष्ट भई नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल