आँपको गुणस्तर कायम गर्नका लागि कतिबेला टिप्ने ?
सोमबार, २८ जेठ २०८१, २२ : ३९

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आँपको गुणस्तर कायम गर्नका लागि मध्य बिहान र बेलुकीपख आँप टिप्न सुझाव दिएको छ ।
नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार धेरै बिहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्न सुझाव दिइएको हो ।
नेपाली बजारमा हालको समय स्वदेशी उत्पादन आउने समय हो । आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न पोल हार्वेस्टरको प्रयोग गर्न समेत सो बुलेटिनमा सुझाव छ ।
फल टिपेलगत्तै सफा पानीले भेट्नोबाट आएको चोप सफा गर्न नार्कले भनेको छ ।
यस्तै, बगैँचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा कीराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट नार्कको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान